थप ६६५३ जनामा कोरोना संक्रमण , १०१ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ६ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १४ हजार १८२ जनाको पिसिआर परीक्षण र ६६३१ जनाको एन्टीजेट विधि मार्फत परिक्षण गर्दा ६ हजार ६ सय ५३ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर कोरोनाको सक्रिय संक्रमित९७ हजार ६ सय ९९ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट १ सय १ जनाले ज्यान गुमाएका छन् । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ७ सय ३१ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ६३ जनाले कोरोना जितेका छन् । यो संगै कारोना संक्रमणमुक्त हुनेको संख्या ४ लाख ७६ हजार १ सय ३० रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार