धनुषामा टिपर चालकको रहस्यमय मृत्यु

जनकपुर । धनुषामा टिपर मुनि किचिएको अवस्थामा एक टिपर चालकको शव फेला परेको छ । धनुषाको सबैलामा चालक विष्णु आफूले चलाउने गरेको टिपर मुनि मृत अवस्थामा भेटिएका छन् । उदयपुरको कटारी नगरपालिका वडा नम्बर २ बस्ने २८ वर्षीय टिपर चालक विष्णु भनिने बुद्ध लामाको शव टिपरको चक्कामुनि किचिएको अवस्थामा भेटिएको धनुषा प्रहरीले जनाएको छ ।

धनुषाको सबैला नगरपालिका वडा नम्बर १० स्थित लवटोलिमा स १ ख ९०९ नम्बरको टिपरले किचिएको अवस्थामा बुद्धको शव फेला पारेका ईलाका प्रहरी कार्यालय सबैलाका निरीक्षक राजेश सिग्देलले जानकारी दिए । टिपरको चक्का र बालुवाले टाउको छोपिएको अवस्थामा शव भेटिएको थियो । घटना शनिबार साँझ भएकाले घटना सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरी निरिक्षक सिग्देलले बताउनुभयो ।

यता घटना हत्या जस्तै देखिएकाले सुक्ष्म अनुसन्धान गर्न नेकपा माओवादी केन्द्र उदयपुरका अध्यक्ष विनोद कटुवालले माग गर्नुभएको छ । उहाँले टिपरको स्टेरिङ्ग फिङ्गर प्रिन्ट गरायो भने घटना बारे रहस्य खुल्ने दावी गर्दै अध्यक्ष कटुवालले प्रहरीसँग सुक्ष्म अनुसन्धान गर्न माग गर्नुभएको छ । उहाँले अनुसन्धान विना शव उठाउन नदिने समेत बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार