धवलागिरीमा भिडियो एक्सरे र ल्याब सेवा सुरु (तस्विर सहित)

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ७ स्थित ताकम अस्पतालमा भिडियो एक्सरे र ल्याब सेवा सुचारु भएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग र गाउँपालिकाको समन्वयमा उपकरण व्यवस्थापन गरेर भिडियो एक्सरे सेवा सुचारु गरिएको हो । भने  ल्याब  गाउँपालिका आफैंले खरिद गरेर सेवा सुचारु गरेको हो ।

भिडिओ एक्सरे मेसिन सेवा सुचारु भएपछि गर्भमा रहेको बच्चाको अवस्था पत्ता लगाउन ,पित्तथैली ,मृगौला ,मुत्रथैलीको पत्थरी ,कलेजोको रोग पत्ता लगाउन सहज हुने अस्पतालका डा.एकराज भण्डारीले बताउनुभयो । उहाँका अनुसार ,ल्याबमा रुटिन ब्लड टेष्ट लगायत सेवा दिइएको छ । भिडियो एक्सरे र ल्याब संचालन भएपछि ग्रामिण भेगका गर्भवती महिला, बृद्धबृद्धा लगायत विरामी लाभान्वित हुने भएका छन् । रोगको पहिचान गर्न सहज हुने ,विरामीले सहज र सर्वसुलभ रुपमा सेवा पाउन थालेका छन् ।

यो पनि…

https://myagdinews.com/2021/06/%e0%a4%a7%e0%a4%b5%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf%e0%a4%b0%e0%a5%80-%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b8/

भिडियो एक्सरे र ल्याब सेवा सुचारु भएपछि विकट बस्तीका महिला ,बृद्धबृद्धा लगायत विरामीलाई थप सहज हुने गाउँपालिका अध्यक्ष थमसरा पुन मगरले बताउनुभयो । यसअघि धवलागिरीबासी भिडियो एक्सरे र ल्याब सेवाका लागि दरबाङ ,बेनी ,पोखरा लगायत बाहिरी अस्पताल पुग्ने बाध्यता थियो । सेवा सुचारु पछि ग्रामिण बस्तीका नागरिकलाई आर्थिक खर्चको भार कम हुने र समयमै गर्भमा बच्चाको अवस्था थाहा नपाउँदा आमा र बच्चालाई हुने जोखिम कम गर्न समेत सहयोग पुग्नेमा अध्यक्ष पुनको विश्वास छ ।

तस्विर सौजन्य : डा.एकराज भण्डारी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार