धारापानीका थापा परिवारद्धारा गाउँपालिकालाई आर्थिक सहयोग

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ७ धारापानीका समाजसेवी तेजेन्द्र थापाको परिवारले गाउँपालिकालाई आर्थिक सहयोग गर्नुभएको छ । कोरोना भाइरस रोकथाम ,नियन्त्रण र संक्रमित विरामीको उपचारमा सघाउ पु¥याउने उद्धेश्यले आफ्नो परिवारको तर्फबाट एकमुस्त रुपमा ५१ हजार रुपैयाँ सहयोग गरिएको थापाले बताउनुभयो ।

थापाले उक्त आर्थिक सहयोग रकमको चेक मंगलबार गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल , प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्मा र स्वास्थ्य शाखा प्रमुख सम्झना खाती क्षत्रीलाई हस्तान्तरण गर्नुभयो । उहाँका अनुसार श्रीमती बिष्णुकुमारी थापा , अष्ट्रेलियामा रहेका छोरा बिमल थापा ,छोरी कुसुम थापा ,मिनि थापा र बुहारी संगिता थापाले संयुक्त रुपमा सहयोग गरेका हुन् । गाउँपालिका उपाध्यक्ष छन्त्यालले सहयोगप्रति थापा परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार