पुर्व सांसद पुन कांग्रेस प्रवेश

बेनी । पुर्व राष्ट्रिय पञ्चायत सदस्य नरबहादुुर पुन कांग्रेस प्रवेश गर्नुभएको छ । कांग्रेस प्रवेश  गर्नुभएका  पुर्व सांसद पुनलाई नेपाली कांग्रेस म्याग्दीका निवर्तमान जिल्ला सभापति तथा संविधान सभा सदस्य रेशमबहादुर बानियाँले क्रियाशिल सदस्यता प्रदान गर्नुभयाे ।

जिल्ला सचिव क्याप्टेन मिनबहादुर कार्कीका अनुुसार पुनलाई कांग्रेसमा ल्याउन जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्बिर)ले विशेष पहल थाल्नुभएको थियो । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर १ कुँहुका पुन बि.सं.२०४५ को राष्ट्रिय पञ्चायत सदस्यमा म्याग्दीबाट निर्वाचित हुनुभएको थियो ।  प्रवेश कार्यक्रममा जिल्ला उपसभापति माधवप्रसाद रेग्मी लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार