पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना हुनुभएको छ । ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि उनलाई सोमबार बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो ।

अस्पताल स्रोतका अनुसार उहाँको अवस्था अहिले सामान्य छ । ४/५ दिनदेखि आएको ज्वरो नघटेपछि अस्पताल ल्याइएको थियो । उहाँको स्वास्थ्यमा के समस्या आएको हो भन्ने बुझ्न परीक्षण चलिरहेको अस्पताल स्रोतले जनाएको छ । यसअघि कोरोना संक्रमण पुष्टि भएका खनाल लामो समय नर्भिक अस्पतालमा नै उपचार गरेर घर फर्किनुभएको थियो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार