प्रचण्डले प्रदेश सभाबाट हटाएकी ज्वालाकुमारीलाई ओलीले बनाए केन्द्रमा मन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार फेरि मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। अघिल्लो साता मन्त्रिपरिषद् पुनर्गठन गरेका प्रधानमन्त्री ओलीले बिहीबार नेकपा एमालेमा आफ्नो समूहका मानिसहरूलाई मन्त्रिमण्डलमा समावेश गर्न लागेका हुन्।

प्रधानमन्त्री ओलीले विस्तार गर्न लागेको मन्त्रिमण्डलमा ज्वालाकुमारी साह कृषि मन्त्री बन्न लागेकी छन्।साह तत्कालीन माओवादीबाट प्रदेश सभा-२ मा सांसद निर्वाचित भएकी थिइन्। बाराबाट सांसद निर्वाचित साह नेकपा हुँदा बाराकी सह-इन्चार्ज थिइन्।

नेकपाको एकता खारेज भएपछि ओलीतिर लागेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीसहित चार जनालाई सांसद पदबाट हटाइदिएका थिए।अहिले ओलीले उनलाई प्रदेश २ को एमाले अध्यक्ष बनाएका छन्। setopatiबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार