प्रदेश २ मा मुख्यमन्त्रीलाई प्रदेश प्रमुखको पत्र – मन्त्रिपरिषद् समावेशी भएन

काठमाडौं । प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले मन्त्रिपरिषद् विस्तार गर्दा समावेशी नभएको भन्दै मुख्यमन्त्री लालबाबु राउतप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

प्रदेश प्रमुख झाले यही जेठ २८ गते मुख्यमन्त्री राउतलाई पत्र लेखी प्रदेशभित्रको जनघनत्व र सामुदायिक उपस्थितिलाई सरकारभित्र प्रतिनिधित्व गराउन प्रदेश सरकारको जिम्मेवारी र दायित्व हुने बताउनुभएको छ ।

‘प्रदेशभित्रका महिला, दलित, आदिवासी, गैरमधेसीलगायतका पक्षलाई समानुपातिक, समावेशी उपस्थितितर्फ विशेष पहल गर्न स्मरण गराइन्छ,’ उहाँले पत्रमा लेख्नुभएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार