बागलुङमा नगदसहित ६ जुवाडे पक्राउ

बागलुङ । बागलुङमा जुवा खेलेको आरोपमा ६ जनालाई प्रहरीले नगदसहित पक्राउ गरेको छ । सोमबार साँझ बागलुङ नगरपालिका–३ शिवधाराचोकको एक घरमा जुवा खेलेको अवस्थामा नगद ३५ हजार ६ सय रुपैयाँसहित उनीहरु पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा बागलुङ नगरपालिका–३ का राजेन्द्र धमाला, घरधनी डोलेन्द्र केसी, सोही स्थानका राजेन्द्र गौडेल, बीरगंज महानगरपालिका घर भएका मनोज शाह, बानपा १ का राजु बर्देवा र गोरखा घर भएका कृष्ण सुनार रहेको प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो । अनुसन्धान भइरहेको र अनुसन्धान पश्चात कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । dhorpatannewsबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार