बाढीले कर्मचारी आवास र नर्सरीमा क्षती (तस्विर र भिडिओ सहित)

बेनी । गयराती अविरल बर्षाका कारण आएको बाढीले म्याग्दीको सदरमुकाम बेनीको मगलाघाट स्थित सरकारी कर्मचारीको आवास क्षेत्र र नर्सरीमा क्षती पु¥याएको छ । पाखोबाट आएको बाढीले सात वटा आवास भवन ,दुई वटा नर्सरीमा क्षती पुगेको डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत नबिन विश्वकर्माले बताउनुभयो । गयराती परेको अविरल बर्षाका कारण माथिबाट आएको बाढीले आवास क्षेत्र र नर्सरीमा ठुलो क्षती पुगेको उहाँले बताउनुभयो ।

भिडिओ…

उहाँका अनुसार नर्सरीका बिरुवा बाढीले पुरेर नष्ट गरेको छ । सोही ठाउँमा गत बर्ष पनि बाढीले ठुलो क्षती पु¥याएको थियो । ‘सडक निर्माणमा ठेकेदारको लापरबाहीले बर्खा नलाग्दै यो बिपद निम्तिएको हो ,’उहाँले भन्नुभयो ,‘बाढीको पुर्ण नियन्त्रण नहुँदा सम्म जोखिम कायम रहन्छ ।’

बेनी –अर्थुङ्गे सडकको भल नाली बाहिर बगेर आउन थालेपछि मगलाघाट क्षेत्रमा रहेका सरकारी कार्यालय भवन सहित मुस्लिम समुदायको सुकुम्बासी बस्ती पनि जोखिममा परेको छ । पहिरो र बाढीका कारण बेनी –अथुङ्गे सडक अवरुद्ध हुँदा समस्या भएको स्थानीयले गुनासो गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार