बाढी–पहिरो पीडितलाई खाद्यन्न र त्रिपाल वितरण

सुरेन गुरुङ
शिख । । म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ५ का बाढी पहिरो पीडित परिवारलाई खाद्यन्न राहत वितरण गरिएको छ । अविरल बर्षाका कारण आएको बाढी पहिरोबाट विस्थापित परिवारलाई गाउँपालिका , नेकपा एमाले म्याग्दीले खाद्यन्न र नेपाल रेडक्रस सोसाइटी भुरुङ्ग तातोपानीले त्रिपाल वितरण गरेको हो । सो खाद्यन्न सामग्री गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुंजा पुन र कार्यवाहक वडा अध्यक्ष राजेश तिलिजाले बाढी पहिरो पीडितलाई वितरण गर्नुभएको थियो ।

गाउँपालिकाले १४ जनाको परिवारलाई एक बोरा चामल , २ केजी दाल, २ केजी चना , १ पोका नुन, १ लिटर तेल, एक पोका सोयाबिन ,नेकपा एमालेले १७ जनाको परिवारलाई १ बोरा चामल ,१० प्याकेट चाउचाउ,१ केजी चिनि, १ केजी दाल , १ पोका नुन , चियापट्टी १ बट्टा , तेल १ पोका र नेपाल रेडक्रस सोसाईटीले १० थान त्रिपाल वितरण गरेका थिए ।

यसैगरीअन्नपूर्ण गाउँपालिका वडा नं. ५ मा विपद व्यवस्थापन समिति गठन गरिएको छ । कार्यवाहक वडा अध्यक्ष राजेश तिलिजाको संयोजकमा वडा सचिब सचिबरहने गरी १९ जनाको समिति गठन गरिएको हो ।

विभिन्न संघसंस्थाका प्रतिनिधि सदस्य , वडा सदस्यहरु सदस्य रहने तथा रेडक्रस , प्रहरी, युवा क्लव, टोल संयोजकहरुलाइ समेटिएर गठन गरिएको समितिले जनाएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र बहादुर केसी ,गाउँपालिका अध्यक्ष क्याप्टेन गर्बुजा पुन ,नेकपा एमाले म्याग्दीका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ ,रेडक्रस भुरुङ्ग तातोपानीका अध्यक्ष बिष्णु गर्बुजा ,नेकपा एमाले अन्नपुर्ण अध्यक्ष खड्क गिरी ,घार प्रहरी चौकीका बलबहादुर बिसी लगायतको सहभागिता रहेको थियो ।

गाउँपालिका अध्यक्ष क्याप्टेन बर्गुजा पुनले सहयोगदातालाई धन्यवाद व्यक्त गर्नुभयो । बाढी पहिरो पीडितका लागि गाउँपालिकाले तत्काल त्रिपाल र खानेपानी सहित राहत उपलब्ध गराएको जानकारी गराउँदै उहाँले पीडित परिवारलाई एकद्धार प्रणाली मार्फत सहयोग गर्न समेत आह्वान गर्नुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार