बिपन्न परिवारलाई खाद्यन्न सामग्री सहयोग

सुरेन गुरुङ
पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाका विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ ।कर्मा क्याग्यु एक्स एसोशियसन नेपालले राजु योन्जन र थानेश्वर बरालको विशेश भुमिकामा गाउँपालिकाको आठ वटै वडा कार्यालयको सिफारिसमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण रोजिरोटी गुमाएर समस्यामा परेका परिवारलाई खाद्यान्न सहयोग गरेको हो ।

गाउँपालिकाका अनुसार दुई सय२५ जनालाई पुग्नेगरी एक बोरा चामल,एक पोका नुन ,एक पोका तेल ,दुई–दुई केजी दाल र चना वितरण गरिएको छ । प्रत्यक वडामा २५ जनाको दरले खाद्यान्न सामग्री उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । लकडाउनका काराण दैनिक रोजिराटी गुमेर समस्यामा परेका बिपन्न परिवारलाई राहतले ठुलो सहयोग पुग्नेमा गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले बिश्वास व्यक्त गर्नुभयो । उहाँले खाद्यन्न सामग्री सहयोग गर्ने सहयोगदाता र पदाधिकारीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

गाउँपालिका अध्यक्ष क्याप्टेन गर्बुजा पुन र पर्यटन व्यवसायी रामचन्द्र अधिकारीको समन्वयमा राहत सामग्री व्यवस्थापन गरिएको हो । संस्थाका अध्यक्ष टिनि लामा सहित १० जना राहत वितरण पोखरेबगर आउनुभएको थियो ।

खाद्यान्न सामग्री सहयोगदाता प्रति धन्यवाद व्यक्त गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले विपद् र महामारीको समयमा खाद्यान्न सामग्रीले विपन्न परिवारलाई सहयोग पुग्ने बताउनुभयो ।हस्तान्तरण कार्यक्रमा उपाध्यक्ष केशमाया मगर लगायतको उपस्थिती रहेको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार