बेनी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

बेनी । म्याग्दीको बेनी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । संविधानसभा सदस्य तथा नेपाली कांग्रेस म्याग्दीका निवर्तमान सभापति रेशमबहादुर बानियाँको समन्वयमा नेपाल मेडिकल एशोसिएसन ( एनएमए)का बरिष्ठ उपाध्यक्ष डा.शिवप्रसाद श्रेष्ठले मास्क , ग्लोबस् ,फेस शिल्ड ,सेनिटाइजर ,अक्सिमिटर लगायत स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको हो ।

उक्त स्वास्थ्य सामग्री नेपाल प्रेस युनियन म्याग्दीका अध्यक्ष राकेश शर्माले अस्पतालका डा.जितेन्द्र कंडेललाई हस्तान्तरण गर्नुभएको हो । सो हस्तान्तरण कार्यक्रममा नेपाल विद्यार्थी संघका सचिव बिशाल खत्री र तरुरणदलका नेता सनम बानियाँको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार