बेनी अस्पताललाई ४ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग

म्याग्दी । बेनी अस्पताललाई ४ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग प्राप्त भएको छ । नेपाल मेडिकल एसोसेशनले वुधबार बेनी अस्पताललाई ४ वटा अक्जिसन कन्सन्ट्रेटर सहयोग गरेको हो ।

एसोसेशनको सहयोगमा आएकोे कन्सन्ट्रेटर नेपाली काँग्रेस म्याग्दीका सभापती खमबहादुर गर्बुजा खम्बीर र प्रताप पौडेलले बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवाला र अस्पतालका डा. जितेन्द्र कंडेललाई हस्तान्तरण गर्नुभएको हो ।

म्याग्दीका कोरोना संक्रमतिको उपचारमा अस्पतालभित्र स्थापना गरिएको कोरोना कक्षमा उपचारार्थ श्वासप्रस्वासमा समस्या भएका कोरोना संक्रमतिलाई लक्षित एसोशेसनले सहयोग गरेको गर्बुजाले बताउनुभयो ।

उक्त संस्थाले जिल्लाको रघुगंगा गाउँपालिकामा ४वटा, मंगलामा १ वटा, मालिकामा १ वटा र बेनी नगरपालिका १० मा रहेको पात्लेखेत स्वास्थ्य चौकीलाई १ वटा कन्सन्ट्रेटर एक दुई दिनमा आउने पौडेलले बताउनुभयो । उहाँका अनुसार रघुगंगाको लागि भने आईसकेको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा अस्पतालका अध्यक्ष कटुवालले बेनी नगरको सहयोगमा कोरोना रोकथाम तथा नियन्त्रणमा सहज भएको बताउनुभयो ।कन्सन्ट्रेटर हाल श्वासप्रस्वासमा समस्या भएका कोरोना संक्रमतिले प्रयोग गरेपनि दम सहितका दिर्घरोगको उपचारमा प्रयोग गर्ने उक्त सहयोगले सहज हुने अस्पतालले जनाएको छ ।

अक्सिजन कन्सन्ट्रेटर सामान्य सास फेर्न गाह्रो भएकालाई दिने मेसिन हो । अक्सिजन कन्सन्ट्रेटरले बाहिरको हावालाई फिल्टर गर्छ । एकातिरबाट अक्सिजन र अर्कोतिरबाट नाइट्रोजन फाल्छ । मेसिनको अर्को लिक्विड प्लान्टबाट अक्सिजन बनाइन्छ र बिरामीले अक्सिजन प्रयोग गर्छन्। अक्सिजन कन्सन्ट्रेटरको प्रयोग गर्दा अस्पतालभित्र रहेको प्लानबाट सिलिण्डरमा अक्सिजन भर्न सहज हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार