बेनी बजारमा खानेपानी समस्या (भिडिओ सहित )

बेनी । म्याग्दीको बेनी बजारमा खानेपानीको आपुर्ति बन्द भएको छ । बाढीपहिरोले पाइपलाइनमा क्षति पु¥याएपछि बेनी खानेपानी उपभोक्ता संस्थाले वितरण गदैं आएको खानेपानीको अवरुद्ध भएको हो । बाढीपहिरोले मुहान आसपासमा क्षतीसँगै पाइप भाँचिएपछि पानी आपूर्ती अवरुद्ध भएको हो । बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष माधवप्रसाद रेग्मीले बर्षाले मुहानदेखि ट्याङीसम्म असर गरेको बताउनुभयो । अवरुद्ध खानेपानी सुचारु गर्ने प्रयास जारी रहेको उहाँले बताउनुभयो ।

संस्थाले अन्नपूर्ण गाउँपालिका वडा नं ८ राम्चेको पुम्दीखोला र बेनी नगरपालिका–३ भकिम्लीको दुधेखोलाबाट ल्याइएको पानी बेनीबजार भन्दा माथि बराहपाखो समुदायिक वनमा निर्माण गरिएको ट्याङकीमा जम्मा हुन्छ । प्रतिसेकेण्ड २५ लिटर पानी जम्मा हुने ट्याङकीबाट घर–घरमा पानी वितरण गरिएको छ ।

संस्थाले सदरमुकाम बेनी सहित गलेश्वर, बगरफाँट र मंगलाघाट क्षेत्रका करिव २० हजार उपभोक्तालाई वितरण गदैंआइरहेको छ । खानेपानीको अभाव भएपछि बजारबासीले मिनिरल वाटर सहित बैकल्पिक स्रोतबाट पानी संकलन गरी प्रयोग गर्ने गरेका छन् । बर्खाको समयमा खानेपानीको नियमित आपूर्ती नहुदाँ बेनीबजारबासी समस्यामा पर्ने गरेका छन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार