मिग फाउन्डेसनद्धारा म्याग्दीका विपन्न तथा मजदुरलाई खाद्यान्न वितरण

म्याग्दी । म्याग्दीको वेनी बजारमा ज्याला मजदुरी गरेर विविका चलाउँदै आएका ३२ विपन्न तथा मजदुर परिवरालाई मिग फाउन्डेसन नेपालले खाद्यान्न सामाग्री (राहत) वितरण गरेको छ ।जसोतसो गरेर घरव्यवहार चलाउदै गर्दा लकडाउन हुनासाथ तेहि काम पनि बन्द भएपछि बिहान बेलुकाको छाक जुटाउन धौधौ हुने ती व्यक्तिहरुको पहिचान गरि नेपाल मगर संघ, जिल्ला समन्वय समिति म्याग्दीको संयोजकत्वमा मिग फाउन्डेसन नेपालले राहत वितरण गरेको हो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले आज सिंगो मानव जगतलाई नै आक्रान्त बनाईरहेको यो विषम परिस्थितिमा नेपालको विभिन्न ठाउँहरुमा लकडाउन र निषेधाज्ञा भैरहँदा कतिपय व्यक्तिहरुले खाने कुरा सकियो, काम पाउदैन, लौन राहत मिलाईदिन पर्यो भनी रुँदै फोन गरेको र यहि बेलामा मिग फाउन्डेसन नेपालले म्याग्दीमा आएर राहत वितरण गरेकोमा अत्यन्तै आभारी भएको नेपाल मगर संघ, जिल्ला समन्वय समिति म्याग्दीकी अध्यक्ष डक माया पाईजा मगरले बताउनुभयो ।

नेपाल मगर संघ, जिल्ला समन्वय समिति म्याग्दी अध्यक्ष पाइजा मगर, उपाध्यक्ष लोकेश पुन मगर, सचिव खम थापा मगर, सल्लाहकार खिमा गर्बुजा मगर, जनप्रतिनिधि हिरा बहादुर पुन मगर, टकसरा राना मगर, प्रहरी निरीक्षक नवराज के=सी, मिग फाउन्डेसन नेपालको तर्फबाट कुमार थापा मगर, पदम थापा मगर र सुजन थापा मगर लगायत अन्य व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार