मुदीमा केन्द्रीय प्रसारण लाइनको बिजुली पुग्यो, धवलागिरीलाई उज्यालो पालिका घोषणा गर्ने तयारी

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ४ मुदीमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ ।नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रले विद्युत् विस्तार सकेसँगै शनिबारदेखी मुदीमा बिजुली बालिएको हो । प्राधिकरण म्याग्दी विद्युत वितरण केन्द्रका सुचना अधिकारी रबिन्द्र भण्डारीका अनुसार संघ र प्रदेश सरकारको संयुक्त बजेटमा मुदीका दुई सय घरमा विद्युतिकरण भएको छ । यसअघि सोही वडाको खाम्ला,खारा र बाँसबोट लगायत गाउँका ६५ घरमा विद्युतिकरण भइसकेको उहाँले बताउनुभयो ।केन्द्रीय विद्युत लाइन वितरणका लागि मुदी र खाम्लामा एक÷एक सय केभिए क्षमताको दुई वटा ट्रान्सफर्मर राखिएको छ ।

तस्विर सौजन्य : बिजय घर्ती मगर

धवलागिरीको ताकम ,मच्छिम ,फलियागाउँ,मुना र दर हुँदै केन्द्रीय प्रसारण लाइनको विद्युत  विस्तार गरिएको छ । मुना हुँदै मुदी र खाम्ला सम्म बिजुली पु¥याउन मेन लाइनमा एक सय ९१ वटा पोल प्रयोग भएको छ । भने मुदीमा वितरण लाइनमा ८२ वटा पोल प्रयोग भएको छ । त्यस्तै मुदीको घना बस्तीमा १४ वटा पोलमा एबीसी केबल मार्फ विद्युत प्रवाह गरिएको छ । मुदीमा सडक विस्तार नहुँदै धवलागिरी गाउँपालिकाले बि.सं.२०७६ पहिलो हप्ता हेलिकीटरबाट दुई वटा ट्रान्सफर्मर ढुवानी गरेको थियो । बिजुली बलेसंगै उज्यालोको लागि सोलार ,मट्टीतेलको टुकीमा निर्भर हुने बाध्यता हटेको स्थानीय बिजय घर्ति मगरले बताउनुभयो । घरायसी काम,विद्यार्थीलाई अध्ययन गर्न सहज हुनुका साथै उद्यम व्यवसाय सञ्चालन गर्ने अवसर सिर्जना भएको उहाँको भनाई छ ।

धवलागिरी गाउँपालिकाको उज्यालो पालिका कार्यक्रम अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष थमसरा पुन मगरले बताउनुभयो । उहाँका अनसुसार मुदी र मुनाका सबै घरमा विद्युतीकरण भएपछि गाउँपालिकालाई उज्यालो पालिका घोषणा गर्ने तयारी छ । पालिकाका सबै घरमा केन्द्रीय प्रसारण लाइन,लघुजलविद्युत र सौर्य उर्जा मध्य एक माध्यमबाट विद्युत सुबिधा पु¥याउने गाउँपालिकाको योजना रहेको अध्यक्ष पुन मगरको भनाई छ ।

उज्यालो पालिका कार्यक्रम अन्तर्गत गाउँपालिकाका ५० घरमा ५० वाटको सोलार बत्ती जडान गरिएको छ । यसअघि धवलागिरको वडा नम्बर ७ ,वडा नम्बर ६ मराङ केही घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत पुगेको छ । मुना स्थित गाउँपालिकाको कार्यालयमा केन्द्रीय प्रसारण लाइनको विद्युतीकरण भइसकेको छ । शनिबार मुदीको धलडाडाँमा रहेको नेपाल टेलिकमको टावरमा पनि विद्युत विस्तार गरिएको छ ।

कात्तिक २०७६ मा वडा नम्बर २ लुलाङमा गाउँपालिकाले लघुजलविद्युत परियोजनामा ५० लाख रुपैयाँ र वडा नम्बर ४ बगरमा गाउँपालिकाको ४० लाख र अमेरिकन अन्जिओको २० लाख सहयोगमा २० किलोवाट क्षमताको सौर्य उर्जा मार्फत विद्युतीकरण गरिएको छ । सोही अमेरिकन संस्थाको सहयोगमा गाउँपालिकाको वडा नम्बर ४ चेचुङमा १६ किलोवाट क्षमताको सौर्य उर्जा मार्फत विद्युतीकण गरिएको छ ।

सोही वडाको खिबाङमा कादुरी संस्थाको सहयोगमा २० किलोवाटको लघुजलविद्युत परियोजनाबाट विद्युत विस्तार गरिएको छ । गाउँपालिकाले पोल खरिदका लागि बुल सम्म ३० लाख रुपैयाँ ,वडा नम्बर ७ धारापानीमा ४० लाख र ताकममा ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । यसैगरी गुर्जा ,मल्कबाङ र मराङमा लघुजलविद्युत परियोजनाबाट विद्युतीकरण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार