मौलिक लोक संगित तथा शैक्षिक धरोहर कार्कीको निधन

बेनी । मौलिक लोक सांगितिक तथा  शैक्षिक क्षेत्रका धरोहर बिरबहादुर कार्कीको निधन भएको छ । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर १ रत्नेचौरमा जन्मनुभएका कार्कीको पोखरा स्थित मणिपाल अस्पतालमा उपचारको क्रममा शुक्रबार ७२ बर्षको उमेरमा निधन भएको हो । मुखमा क्यान्सर भएपछि बिरामी पर्नुभएका कार्कीलाई स्वास्थ्यमा समस्या देखिएपछि केही दिन अघि मात्र हेलिकप्टर मार्फत पोखरा लगिएको थियो । रत्नेचौर घर भएपनि उहाँको बसोबास मालिका गाउँपालिका वडा नम्बर ६ दरबाङमा थियो ।

बि.स. २०२८ देखी २०६६ सम्म मालिका गाउँपालिका  वडा नम्बर ६ स्थित जनप्रिय माविमा प्रअको जिम्मेवारी सम्हानुभएका कार्की सोही विद्यालयको बाहलवाला व्यवस्थापन समितिका अध्यक्ष समेत हुनुहुन्छ । कार्कीको निधनप्रति विद्यालयका प्रअ दिवाकर सुवेदीले दुख व्यक्त गर्नुभएको छ । ‘विद्यालयका पुर्व प्रअ तथा व्यवस्थापन समितिका अध्यक्षको निधनले विद्यालयलाई ठुलो क्षती भएको छ’–दुख व्यक्त गर्दै प्रअ सुवेदीले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

कार्कीको निधनप्रति जिल्लाबासीले दुख व्यक्त गरेका छन् । जिल्लाले एक शैक्षिक तथा लोकसांगितिक क्षेत्रको अभिभावक गुमाएको बताएका छन् ।कार्कीका कान्छा छोरा बिकलको केही दिन अघि मात्र कोरोना कारण मृत्यु भएको थियो । चार महिना अघि क्यान्सर रोगबाट बिरामी पर्नुभएका कार्कीको उपचारको लागि पुर्व विद्यार्थीहरुले आर्थिक संकलन समेत गरेका थिए ।

बहुहप्रतिभाका धनी कार्कीले सालैजो ,यानियामा ,सुनिमाया लगायत गित गाउनुभएको थियो । उहाँले गाउनुभएको शिलफुल गित चर्चित छन् । संगितकर्मीहरुले कार्कीलाई अभिभावकको रुपमा स्मरण गर्दछन् । उहाँले तत्कालिन राजा विरेन्द्र शाहबाट गोदवा सम्मान प्राप्त गर्नुभएको थियो । कार्कीले तत्कालिन धौलिगिरी अञ्चलका लागि राष्ट्रिय लोक दोहोरी गित प्रतियोगितामा पहिलोपटक स्वर्णपदक दिलाउनुभएको थियो थियो । जनप्रिय मावि तह १२ सम्मको पठनपाठन सुरुवात गर्नुभएका कार्कीकाे म्याग्दीकाे पश्चिम क्षेत्रका लागि क्याम्पस  र सुविधा युक्त पुस्तकालय स‌चालन गर्ने  चाहना थियाे । साथै उहाँले पाराफिट सहितकाे खेलमैदान निर्माणकाे पनि साेच बनाउनुभएकाे थियाे।     उहाँको नेतृत्वमा दरबाङमा लायन्स क्लब र म्याग्दी उद्योग वाणिज्य संघको इकाई स्थापना गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार