म्यानमारमा सैनिक जहाज दुर्घटना हुदाँ १२ जनाको मृत्यु

नेपिदअ । म्यानमारमा एक सैनिक जहाज दुर्घटना भएको छ। समाचार संस्था रोयटर्सका अनुसार बिहीबार बिहान म्यानमारको दोस्रो ठूलो सहर मन्डालयनजिकै सैनिक जहाज दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ।

जहाजमा को(को थिए भन्ने खुलिसकेको छैन। १६ सिटे उक्त जहाजमा ६ जना सैनिक अधिकारी पनि सवार थिए। म्यानमारको सेनाले गत फेब्रुअरी १मा जननिर्वाचित सरकारलाई अपदस्त गरेर कूमार्फत् सत्ता हत्याएको थियो। सैनिक कूको विरोधमा भएका प्रदर्शनका क्रममा अहिलेसम्म सयौं नागरिकको मृत्यु भएको छ। एजेन्सी/सेतोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार