सबिना बचाउ अभियानलाई जापानबाट आर्थिक सहयोग

बेनी । सामाजिक तथा मानविय समाजमा सक्रिय देविस्थान–म्याग्दी–जापान समाजले सबिना बचाउ अभियानलाई एक लाख ७६ हजार रुपैयाँ सहयोग गरको छ । मस्तिष्कमा रगत जमेपछि पोखरा स्थित फेवासिटी अस्पतालमा उपचाररत म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ देविस्थानकी सबिना सिउथानीलाई समाजले सो रकम सहयोग गरेको हो । शल्यक्रिया गर्न आर्थिक अभाव भएपछि देविस्थानको सामाजिक संस्था सुर्यमुखी युवा क्लबको अगुवाइमा सबिनाको उपचारमा सघाउन गर्न आर्थिक सहयोग अभियान चलाइएको छ ।

सबिना सिउथानीको उपचारमा सघाउने उद्धेश्यले देविस्थान–म्याग्दी–जापान समाजले आर्थिक सहयोग गरेको समाजका अध्यक्ष बेग फगामीले जानकारी दिनुभयो । उहाँका अनुसार सबिनाको उपचारका लागि एक लाख ७६ हजार र सोही गाउँकी विपन्न गर्भवति ललिता दर्जीलाई दश हजार गरी एक लाख ८६ हजार रुपैयाँ सहयोग गरिएको छ । उक्त रकम क्लबका अध्यक्ष भक घर्ति मगरको बैंक खातामा पठाइएको छ ।सबिना सिउँथानी बचाउ अभियानलाई अहिलेसम्म करिब एघार लाख रपैयाँ सहयोग प्राप्त भएको क्लबका अध्यक्ष घर्ति मगरले बताउनुभयो ।

टाउको दुख्ने, आँखाको नानी दुख्ने, बान्ता हुने, शरीर गल्ने, निन्द्रा लागिरहने जस्ता समस्या देखिएपछि उपचारको क्रममा टाउकोमा रगत जमेको देखिएपछि शल्यक्रिया गरिएकोमा थप आर्थिक अभावले उपचारमा समस्या भएकोले श्रीमतिको जिवन बाइदिन श्रीमान यामबहादुर सिउथानी (देबेन्द्र)ले याचना गर्नुभएको छ । विरामीको स्वास्थ्य कमजोर भएपछि शल्यक्रिया एक हप्ता पछि गर्ने अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार