समाजसेवी रोकाको पहलमा स्वास्थ्य सामग्री सहयोग

बेनी । म्याग्दी घर भई हाल अष्ट्रेलियामा बस्नुहुने समाजसेवी मुक्ती रोका मगरको पहलमा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग प्राप्त भएकोछ । जिल्लाको मंगला गाउँपालिका वडा नम्बर १ कुहुँ स्वास्थ्य चौकीलाई अक्सीजन सहित स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

तुसारेपानी घर भई हाल अस्ट्रेलियामा रहनुभएका मुक्ति रोका मगरको पहलमा प्राप्त उक्त स्वास्थ्य सामग्री छकेन्द्र पुन र गंगनराज न्यौपानेको समन्वय गाउँपालिका उपाध्यक्ष सिर्जना केसी ,वडा अध्यक्ष डेकबहादुर राम्जाली लगायतको उपस्थितीमा स्वास्थ्य चौकीलाई हस्तारण गरिएको हो । ३ थान कन्सन्ट्रेटरस,भोल्टेज रगुलेटर र १ हजार थान एन ९५ मास्क हस्तान्तरण गरिएको छकेन्द्र पुनले बताउनुभयो ।

काठमाडौं स्थित माउण्ट हर्ट नेपालले उपलब्ध गराएको उपकरणलाई गाउँसम्म पु¥याउन हेलिकप्टरको ढुवानी खर्च मुक्ती रोकाले सौजन्य गर्नुभएको थियो । यसअघि समाजसेवी रोकाले म्याग्दीमा आँखा शिविर संचालन संगै तुसारेपानीका सबै घरधुरीमा पुगेर प्रति घर एक थान सेनिटाइजर, मास्क, ज्वरो र पखाला लागेको बेलामा प्रयोग गर्ने औषधी सहयोग गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार