सरकारसंग ४५ सांसद रहेको मुख्यमन्त्री पोखरेलको दाबी

बुटवल । नीति कार्यक्रमलाइ निणर्याथ प्रस्तुत गर्नु अघि मुख्यमन्त्री शंकर पोखरेलले सदनमा उठेका प्रश्नको जवाफ दिदै सरकारका पक्षमा स्पष्ट बहुमत रहेको दावी गर्नुभयो। नीति कार्यक्रमको छलफलका क्रममा विपक्षी गठबन्धनले सरकार अल्पमतमा रहेको भन्दै बहुमत पुष्टि गर्न चुनौती दिनुभएको थियो। विपक्षी सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै मुख्यमन्त्रीले आफुसंग ४५ सांसद रहेको दाबी गर्नुभयो। अहिले प्रदेश सभामा ८३ सांसद छन्।

मुख्यमन्त्रीले सभामुख र प्रदेशसभा सचिवालयको भुमिका माथि पनि प्रश्न उठाउनुभयो। दल परिवर्तन र एउटा दललाइ दुइवटा दल मान्ने काम प्रदेशसभा सचिवालयले गर्न नमिल्ने भन्दै सभामुख नै संविधानको संरक्षणकारी भूमिकामा नरहेको आशय व्यक्त गर्नुभयो।

‘सभामुख संविधानको संरक्षणकारी भूमिका हुनुपर्थ्यो भन्ने मेरो मान्यता हो। जनता समाजवादी पार्टीका बारेमा प्रदेश सभा नै स्पष्ट छैन। बहुमतको निर्णय मान्नुपर्छ भन्ने हो। ४जना सदस्यले मानेको कुरालाइ मानेर जाँउ भन्ने हाम्रो कुरा हो’मुख्यमन्त्रीले भन्नुभयो। प्रदेशसभा सचिवालयले दलका बिषयमा अन्यौल प्रष्ट पार्नु पर्ने बताउनुभयो।

जसपाको सम्बन्धमा सर्वोच्चको फैसला पछि नै अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो। बैशाख १९ गते प्रदेश प्रमुख धर्मनाथ यादव सपथ खुवाउन प्रमुख्यमन्त्री कार्यालय जाने क्रममा भएको घटनालाइ उहाँले प्रदेश प्रमुखको कार्यालयलाइ बिरोध गर्ने थलो बनाइएको भन्दै असन्तुष्टि पोख्नुभयो। ‘त्यसदिन महिला माननीयमाथि अभद्र व्यवहार भयो भन्नुभयो यदि त्यसो हो भने राम्रो हैन। तर प्रदेश प्रमुखको कार्यालयलाइ धर्ना दिने थलो बनाइनु हुन्छ की हुँदैन प्रतिपक्ष दलहरुले नै भन्नुस’ पोखरेलले भन्नुभयो। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार