सविनाको १३ औं पुण्यतिथिको अवसरमा स्वास्थ्य चौकी परिसरमा वृक्षरोपण (तस्विर सहित)

बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५, स्थित देविस्थान स्वास्थ्य चौकी परिसरमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम गरिएको छ । उपचारको क्रममा निधन भएकी सविना सिउथानी मगरको १३ औं दिनको पुण्यतिथिको अवसरमा स्वास्थ्य चौकी परिसरमा सरसफाइ तथा वृक्षरोपण गरिएको हो।

सिउथानीको १३ औं दिनको पुण्य तिथिको अवसर पारेर वडा अध्यक्ष पिपला बुढाको उपस्थितिमा सुर्यमुखी युवा क्लबको अगुवाइमा स्वास्थ चौकी व्यवस्थापन समितिका पदाधिकारी ,जनप्रतिनिधि लगायतको सहभागीतामा देविस्थान स्वास्थ्य चौकी परिसरमा २१ जातका फलफुल लगायतका बिरुवा रोपिएको क्लब अध्यक्ष भक घर्ती मगरले जानकारी दिनुभयो ।

मस्तिष्कमा रगत जमेपछि पोखरा स्थित फेवासिटी अस्पतालमा उपचाररत सविनाको असार ३ गते उपचारको क्रममा निधन भएको थियो ।अस्पतालले शल्यक्रियामा ठूलो रकम खर्च हुने बताएपछि पारिवारिक आर्थिक अवस्था कमजोर भएकोले सो क्लबको अगुवाइमा सविना बचाउ अभियान चलाइएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार