सांग्रिला बैंकको डिबेन्चर बिक्री असार ६ गतेदेखि

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १० वर्षे अवधिको ऋणपत्र बिक्री आगामी असार ६ गतेदेखि खुला हुने भएको छ। बैंकले ७५ करोड रूपैयाँ ऋण पुँजी रकम बराबरको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ निष्कासन गर्न लागेको जनाएको छ।

असार ६ गतेदेखि निष्कासन हुने ऋणपत्रमा छिटोमा असार ९ गतेसम्म र ढिलोमा असार २० गतेसम्म आवेदन दिन सकिने बैंकको विज्ञप्तिमा उल्लेख छ। वार्षिक नौ प्रतिशत ब्याजदर भएको ऋणपत्र प्रतिएकाइ एक हजार रूपैयाँ दरमा किन्न पाइनेछ।

कुल निष्कासन हुने सात लाख ५० हजार एकाइमध्ये चार लाख ५० हजार युनिट व्यक्तिगत तवरबाट र तीन लाख युनिट सर्वसाधारणका लागि सार्वजनिक निष्कासनको माध्यमबाट बिक्री गरिने बैंकले जनाएको छ।

सर्वसाधारणलाई सुरक्षित गरिएको ऋणपत्रका एकाइमध्ये पाँच प्रतिशतले हुन आउने १५ हजार युनिट भने सामूहिक लगानी कोषलाई बाँडफाँड भइसकेको छ। बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड छ भने नागरिक लगानी कोषसँग डिबेन्चर प्रत्याभूतसम्बन्धी सम्झौता भइसकेको बैंकले जनाएको छ। nagariknews.nagariknetwork बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार