सूर्यकिरण युवा क्लको अध्यक्षमा राई

बेनी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९ काफलबोट स्थित सुर्यकिरण युवा क्लबको अध्यक्षमा नारायण राई चयन हुनुभएको छ । विहिबार सम्पन्न क्लबको पाँचौ अधिवेशनबाट राई अध्यक्षमा चयन हुनुभएको हो ।अध्यक्ष राई संगै क्लबको उपाध्यक्षमा सुमन दर्जि ,सचिवमा सुदिप रत्न ,सहसचिवमा मनोज दर्जी ,कोषाध्यक्षमा लक्ष्मी दर्जी सहित दश सदस्यीय कार्यसमिति चयन भएको क्लबका सचिव रत्नले बताउनुभयो ।

क्लबले कोरोना रोकथाम तथा निन्त्रणमा सचेतना अभियान संचालन गरेको र आगामी दिनमा खेलकुद क्षेत्रको विकासमा प्राथमिकता जोड दिने क्लब अध्यक्ष राईले बताउनुभयो । सामाजिक दुरी कायम र स्वास्थ्य मापदण्ड अपनाएर कार्यक्रम गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार