११ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा ५३ वर्षीय पुरुष पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका-४ क्याम्पस टोल बस्ने ५३ वर्षीय धन बहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।

गुरुङले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उनलाई आइतबार राति पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाइएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार