अन्नपूर्ण गाउँपालिका आर्थिक स्थानीय

अन्नपुर्ण गाउँपालिकालाई एक लाख रुपैयाँ बढी सहयोग

सुरेन गुरुङ
पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकालाई एक लाख रुपैयाँ बढी सहयोग प्राप्त भएको छ । गाउँपालिकाका विभिन्न वडामा घर भइ हाल बु्रनाईमा रहेका अन्नपुर्ण बासीलाई कोरोना रोकथाम ,नियन्त्रण तथा बाढी –पहिरो प्रभावितका लागि गाउँपालिकालाई एक लाख ८ हजार ६ सय रुपैयाँ सहयोग गरेका हुन् ।

खिबाङ्गका अमृत गर्बुजा पुनले उक्त रकम सोमबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुन र प्रमुख प्रशासकीय अधिकृत सुरण प्रसाद शर्मा पौडेललाई हस्तान्तरण गर्नुभएको हो । गाउँपालिका अध्यक्ष क्याप्टेन गर्बुजा पुनले सहयोगदातालाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँँले कोरोना कहर संगै प्राकृतिक प्रकोपले चुनौती थपिएको बताउनुभयो ।दोस्रो लहरको कोरोना संक्रमण थप फैलिन नदिन गाउँपालिका लागि परेको बताउनुभयो । खिबाङ्गका गर्बुजा पुनका अनुसार बु्रनाईमा रहेका खिबाङ्गका मे.रत्न बहादुर पुनको पहलमा उक्त रकम संकलन भएको हो ।

मे.गर्बुजा पुनको पहलमा खिबाङ्गका खिम बहादुर गर्बुजा, कृष्ण गर्बुजा ,चित्रेका भबिन्द्र गर्बुजा, नारच्याङ्गका बिजय गर्बुजा ,झार्बाङ्गका भिम बहादु गर्बुजा ,शिखका लाल प्रशाद पुन ,पाउद्वरका तिलक तिलिजा ,हिस्तानका ,शेर बहादुर पुर्जा ,घराम्दीका याम बहादुर गर्बुजा, काफल डाडाँकी दालमाया तिलिजा, राम्चेका
धन बहादुर पुर्जा,काफल डाडाँकी बिना पुर्जाले आर्थिक रकम सहयोग गर्नुभएको छ ।

सम्बन्धित समाचार

thumbnail

अन्नपूर्ण गाउँपालिकाका बाढी-पहिरो पीडितलाई घर हस्तान्तरण(तस्बिर सहित)

सुरेन गुरुङ पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बाढी-पहिरो पीडितलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिको नेतृत्वमा नवनिर्मित घर हस्तान्तरण गरिएको छ । गत बर्ष अविरल बर्षका कारण आएको बाढी-पहिरोबाट विस्थापित अन्नपूर्ण…

thumbnail

म्याग्दीको मोतिचौर बराहमा १०८ धारा निर्माण (फोटो फिचर)

अमित बिश्वकर्मा म्याग्दी । म्याग्दीको अन्नपुर्ण गाउँपालीका –३, दानाको मोतीचौर बराहमा १०८ धारा निर्माण गरिएको छ । समुन्द्री सतह देखि २२ सय मिटर उचाइमा रहेको धार्मिक एबँ पर्यटकीय स्थल मोतिचौरमा धार्मिक पर्यटनको…

thumbnail

बाढी–पहिरो पीडितलाई खाद्यन्न र त्रिपाल वितरण

सुरेन गुरुङ शिख । । म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ५ का बाढी पहिरो पीडित परिवारलाई खाद्यन्न राहत वितरण गरिएको छ । अविरल बर्षाका कारण आएको बाढी पहिरोबाट विस्थापित परिवारलाई गाउँपालिका ,…