खोलाले गाडी बगाउँदा तीन जना बेपत्ता

पर्वत । अविरल वर्षासँगै आएको बाढीका कारण मध्यरातमा गाडी बगाउँदा मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका प्रोजेक्ट म्यानेजरसहित ३ जनालाई बढीले बगाएको थियो ।

मोदी खोलामा हाइलक्स गाडी भेटिएपनि बेपत्ता ३ जना भने भेटिएका छैनन् । अविरल वर्षासँगै कुश्मा नगरपालिका –८ चुवा स्थित सुन्दरे खोलामा आएको बाढीले मध्यरातमा गाडीसहित ३ जनालाई बगाएको हो । गाडी बगाएको सुन्दरे खोला मोदी खोलामा मिसिएको ठाउँबाट करिब पाँच सय मिटर तल गाडी देखिएको हो ।

गाडी भेटिएपछि अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार कार्यमा लागेको प्रहरीले जनाएको छ । मध्यपहाडी लोकमार्गमा कार्यरत २ जना कर्मचारी वेपत्ता भएको पुष्टि भएको छ । वेपत्ता हुनेमा साइड इन्जिनियर राजाराम आचार्य र सवारी चालक इन्द्र थारुको पहिचान भएको जिल्ला प्रहरी कार्यलय प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो ।

रातको समयमा गाडीलाई खोलाले बगाएकाले गाडीमा सवैको पहिचान नभएको प्रहरीको उहाँले बताउनुभयो । वेपत्ता उनीहरुको मध्यरातदेखि नै खोजीकार्य जारी रहेपनि हालसम्म पनि पत्ता नलागेको प्रहरीले जनाएको छ । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

सम्पत्तिका लागि आफन्तबाटै महिलाको हत्या, शरीर टुक्राटुक्रा पारेर खोलामा बगाइयो

काठमाडौँ । ५५ वर्षीया एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले झापाबाट चार जनालाई पक्राउ गरेको छ। झापा गाउँपालिका–१ माइती घर भई भारत किसनगञ्ज जिल्ला बस्ने धोन्नी टुडुको हत्या आरोपमा प्रहरीले चार जनालाई…

thumbnail

बुटवलका मेयरमाथि आक्रमण गर्ने युवालाई सार्वजनिक मुद्दा

रुपन्देही । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि आक्रमण गर्ने युवालाई सार्वजनिक मुद्दा दायर गरिएको छ । सुवेदीमाथि आक्रमण गर्ने स्थानीय गणेश पंगेनीमाथि सार्वजनिक मुद्दा दायर गरिएको हो । सोमबार बिहान बुटवल–३ ज्योतिनगरको…

thumbnail

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

गोरखा । श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका–७ पौवाखेतकी ५५ बर्षकी माइली कामीलाई पक्राउ गरेको छ ।असोज ४ गते राति उनले आफ्नै श्रीमान ५६ बर्षका आइतबहादुर कामीको हत्या गरेको प्रहरीले बताएको…