अपडेट : बाढीले तीन घर विस्थापित

बेनी । गएराति परेको अविरल बर्षाका कारण खहरे खोलामा आएको लेदो सहितको बाढीले घर पुरिँदा म्याग्दीमा एक दम्पत्तीको मृत्यु भएको छ । जिल्लाको मंगला गाउँपालिका –५ ,छिस्बाङ स्थित माथिबाट छिस्बाङ खहरे खोलामा आएको लेदो सहितको बाढीले घर पुरिँदा मालिका गाउँपालिका वडा नम्बर ६ घर भई हाल छिस्बाङमा किराना पसल सञ्चालन गर्दै आउनुभएका २२ बर्षिय गजिन रोका र उहाँकी श्रीमति १९ बर्षिय बिना रोकाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दरबाङका प्रमुख प्रहरी निरिक्षक सन्तोष पौडेलले जानकारी दिनुभयो ।

https://myagdinews.com/2021/07/%e0%a4%9b%e0%a4%bf%e0%a4%b8%e0%a5%8d%e0%a4%ac%e0%a4%be%e0%a4%99%e0%a4%ae%e0%a4%be-%e0%a4%96%e0%a4%b9%e0%a4%b0%e0%a5%87-%e0%a4%96%e0%a5%8b%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%86%e0%a4%8f/

उहाँका अनुसार ,सोही बाढीले थप दुई घर पुरिएको छ । छिस्बाङ स्थित दलमति पुन र चन्द्र बहादुर बिकको घरमा बाढीले पुर्ण क्षती पु¥याएको हो । विस्थापित परिवारलाई छिमेकीकोमा सारिएको प्रनि पौडेलले बताउनुभयो । प्रनि पौडेलको नेतृत्वमा खटिएको प्रहरी टोली , जनप्रतिनिधि र स्थानीयले शव निकालेका हुन् । कानुनी प्रकृया पुरा गरेर शव आफन्तलाई बुझाइएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार