इनारमा फालेको अवस्थामा एक नवजात शिशुको शव फेला

सिरहा । सिरहामा इनारमा फालेको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ । जिल्ला प्रहरी सिरहाका अनुसार सिरहाको धनगढीमाई नगरपालिका ७ कसहामा रहेको इनारमा एक नवजात शिशुको शव भेटिएको छ ।

कसहा चोकदेखि करिब १५० मिटर दक्षिणमा रहेको भोगेन्द्र महतोको इनारमा शिशुको शव फेला परेको हो । बच्चा जन्मे लगत्तै इनारमा फालेको हुनसक्ने प्रहरीको अनुमान छ । इनारमा गन्हाएपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो ।

त्यसपछि शिशुलाई इनारबाट निकालिएको छ । घटना विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शिशुको शव पोस्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारिका अस्पताल लहानमा राखेको जिल्ला प्रहरी सिरहाले जनाएको छ । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार