एकैदिनमा थपिए ३ हजार ८९९ जना कोरोना संक्रमित , २० को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ हजार ८ सय ९९ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६ सय ५५ आरटी पिसिआर र ४ हजार ८ सय ६३ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा ३ हजार ८ सय ९९ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ८५ हजार ६ सय ७३ जनामा र एन्टिजेन विधिबाट ५७ हजार १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट २० जनाले ज्यान गुमाएका छन् । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ७ सय ५८ पुगेको छ । हाल नेपालमा मृत्यु हुने दर १.५ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ७ सय ७८ जनाले कोरोना जितेका छन् । यो संगै कारोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ४७ हजार ७९ रहेको छ ।मन्त्रालयका अनुसार निको हुनेको दर ९४.४ प्रतिशत छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार