एमालेले २२ सांसदलाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेकपा एमालेले आफ्ना २२ सांसदलाई स्पष्टीकरण सोधेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा विश्वासको मत हालेका २२ सांसदलाई स्पष्टीकरण सोधिएको हो।

स्पष्टिकरण पत्रमा ५ गतेको मिति राखेर आज मात्रै पठाइएको छ। पार्टीको हितविपरित विभिन्न भेला गरेको, गुटगत गतिविधि संचालन गरेको र विपक्षी गठबन्धनमा सामेल भई अपराधजन्य निर्णय गरेको भन्दै अध्यक्ष केपीशर्मा ओलीले स्पष्टिकरण सोधेका हुन्। पार्टीको अहिले स्थायी समिति बैठक चलिरहेको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार