एसियाकै पहिलो सुरुङमार्ग पुनःनिर्माणको शिलान्यास

मकवानपुर । बागमती प्रदेश सरकारले एसियाकै पहिलो सुरुङको रुपमा रहेको मकवानपुरको चुरियामाई मन्दिरसँगैको सुरुङमार्गको पुनर्निर्माणको शिलान्यास गरेको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ चुरियामाई मन्दिर प्रागंणमा एक कार्यक्रमका बीच सुरुङ मार्गको पुनःनिर्माणको शिलान्यास गर्नुभएको हो ।

सुरुङमार्ग पुनःनिर्माणको लागि बागमती प्रदेश सरकारको ४ करोड ५७ लाख २० हजार ७ सय ७ रकमको लागत अनुमान गरिएको छ । आगामी २०७९ साल वैशाख १९ गतेसम्म १ सय ९८ मिटर लम्बाइको सुरुङमार्ग पुनःनिर्माण गर्ने तयारी गरेको छ । सुरुङको चौडाइ साढे २ मिटर र उचाई ३ फिट हुने गरी पहिलेकै स्वरुपमा पुनःनिर्माण गरिने भएको हो ।

प्रदेश यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले सुरुङ पुनर्निर्माणको लागि राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र इकाइ दर ठेक्का अनुसार कुल ३ करोड ३६ लाख १३ हजार ८ सय ७८ रुपैयाँमा माउन्टेन इन्फ्रा कम्पनी लिमिटेड काठमाडौंसँग सम्झौता गरेको छ ।

सुरुङमार्गको इतिहास

राणाकालीन समयमा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले वि.सं.१९१७ सालमा भीमफेदी–अमलेखगञ्ज यातायातका साधन संचालन गरी काठमाडौं गाडीहरु पु¥याउँनका लागि सो सुरुङ मार्ग निर्माण गर्नुभएको थियो ।

एसियाकै पहिलो चुरियामाई सुरुङ मार्गको डिजाइन नेपाली इन्जिनियर स्वर्गीय ब्रिगेडियर जर्नेल डिल्लीजङ थापाले गर्नुभएको थियो । स्व.इन्जिनियर थापा नेतृत्वको प्राविधिक टोलीले १ सय ४ वर्षअघि करिव ५ सय मिटर लम्बाई ९ फिट चौडाईको सो सुरुङमार्ग निर्माण गर्नुभएको थियो ।

तत्कालीन समयमा निर्माण गरिएको सो सुरुङ भएर वि.सं. २०२० को दशकसम्म भीमफेदी–अमलेखगञ्जसम्म यातायात संचालन भएको जनाइएको छ । साना तथा मालवाहक लहरीहरुलाई आवत जावत गर्न सहज हुने गरी स्व. इन्जिनियर थापाले सो सुरुङको डिजाइन गरी निर्माण गरेका थिए । तर पुर्व पश्चिम राजमार्ग संचालनका क्रममा सुरुङको केही भाग भत्काइएपछि सुरुङ पुर्ण रुपमा बन्द हुन प¥यो ।

उहाँको योगदानलाई कदर गर्दै चुरियामाई मन्दिर प्रागंणमा गत आर्थिक वर्षमा हेटौंडा उपमहानगरपालिकाले स्व। इन्जिनियर थापाको अर्ध कदको सालिक निर्माण गरेको थियो । स्व. इन्जिनियर थापाले हेटौंडा–काठमाडौं रोप वे, जनकपुर–जयनगर रेल मार्ग लगायतका विभिन्न महत्वपूर्ण पूर्वाधारहरुको डिजाइन र निर्माणको नेतृत्व गर्नुभएको थियो ।

ऐतिहासिक सम्पदा संरक्षणमा प्रदेश सरकार सक्रिय छः मुख्यमन्त्री पौडेल

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ऐतिहासिक सम्पदाहरू संरक्षणमा सरकार सक्रिय रुपमा काम गरिरहेको बताउनुभयो । चुरियामाई सुरुङ पुनर्निर्माण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले सरकारले ऐतिहासक सम्पदाहरूलाई पर्यटनसँग जोडेर जनताको जीवनस्तर र आर्थिक उपार्जनको योजनासहित काम गरिरहेको बताउनुभयो । उनले प्रदेशको गौरबको आयोजनाहरुको निर्माणमा केही निर्माण कम्पनीहरुको बदमासीका कारण सरकारले समस्या भोग्दै पर्ने वाध्यता रहेको बताउनुभयो ।

निर्माण व्यवसायीहरुलाई समयमा नै सम्झौता अनुसार काम सम्पन्न गरीदिने हो भने देश छिटै नै समृद्ध बन्ने उहाँले दावी गर्नुभयो । समयमा नै निर्माण कार्य सम्पन्न गरी सकारलाई विकास र समृद्धिको बाटोमा सघाएर पुरस्कृत हुन निर्माण कम्पनीहरुलाई मुख्यमन्त्री पौडेलले आग्रह गर्नुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार