करेन्ट लागेर झिँमा एक जनाको मृत्यु

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीम विद्युतमा खराबी आएपछि मर्मतका लागि गएका रघुगंगा गाउँपालिका–५ झिँका ४६ वर्षिय पुरुषको करेन्ट लागेर मृत्यु भएको छ ।

बिहीबार दिउँसो बिद्युतको ट्रान्सफर्मरमा समस्या आएपछि मर्मत गर्नका लागि प्रयास गर्दा एक्कासी करेन्ट लागेर झीँका कृष्ण थजालीको मृत्यु भएको हो । नेकपा एमाले झिँ गाउँकमिटीका अध्यक्ष समेत रहनुभएका थजालीको करेन्ट लागेर मृत्यु भएको एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार