कास्कीमा एम्बुलेन्समाथि पहिरो खस्यो ,बिरामी महिलाको मृत्यु

कास्की । कास्कीमा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा एकजना महिलाको मृत्यु भएको छ । मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु भएको हो ।

मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिकारीको मृत्यु भएको प्रहरीले जनाकारी दिएको छ ।

प्रहरीकाअनुसार एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएका छन् । खहरे खोलामा लेदोसहितको बाढी आएर एम्बुलेन्समाथि परेपछि चालक भागेका थिए । उनी अहिले घाइते छन् । उनको अहिले पोखरामा उपचार भइरहेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार