कोरोना अपडेट : २ हजार २३७ सङ्क्रमित ,१८ जनाको मृत्यु

काठमाडौैं ।नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ३७ जनामा सङ्क्रमण पुष्टि भएको छ । १३ हजार ८ सय ३४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ५ सय ३९ र एन्टिजेन विधिबाट ६ सय ९८ जनामा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख ८० हजार ५ सय ५६ जना र एन्टिजेन विधिबाट ५४ हजार ९ सय ४१ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

यही अवधिमा थप २ हजार ५० जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ६ लाख ४३ हजार ६१५ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९४.६ प्रतिशत रहेको छ ।

त्यस्तै, कोभिड–१९ को सङ्क्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ७ सय १३ रहेको छ । नेपालमा यस रोगबाट मृत्यु दर १.५ प्रतिशत रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार