गण्डकीका मुख्यमन्त्रीसहितको टोली खोप लिएर उत्तरी गोरखामा

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली नेतृत्वको टोली ‘भेरोसेल’ खोप लिएर गोरखाको उत्तरी गाउँ चुमनुब्री पुगेको छ । मुख्यमन्त्री पोखरेलसहितको टोली शुक्रबार ३ हजार डोज खोप लिएर हेलिकोप्टर मार्फत चुमनुब्री गएको हो । ३ हजार ५ सय जनालाई खोप चाहिनेमा ५ सय जनाले यस अघि नै खोप लगाइसकेकाले आवश्यक ३ हजार डोज खोप लिएर टोली चुमनुब्री पुगेको हो ।

मुख्यमन्त्री पोखरेलले प्रदेशका सबै नागरिकलाई छिटोभन्दा छिटो खोप उपलब्ध गराउन प्रतिबद्ध रहेको बताउँदै आएका छन् । संघ सरकारमार्फत प्राप्त खोप प्रदेशको भण्डारण केन्द्रमा राखेर जिल्लाहरुमा पठाइएको र प्राथमिकता प्राप्त व्यक्तिहरुलाई उपलब्ध गराउने मुख्यमन्त्री पोखरेलले निर्देशन दिइसक्नुभएको छ ।

भण्डारण क्षमता कम भएका कारण प्रदेशबाट तत्काल जिल्लामा पठाउने र त्यसपछि पालिकाहरुमा पठाएर खोप लगाउने गरिएको छ ।अहिले चुमनुब्री पठाइएको खोप ३ हजार जनालाई नै उपलब्ध गराइने छ । दोस्रो डोजका लागि फेरि प्रदेश सरकारले खोप पु¥याउने छ । खोपका साथमा मुख्यमन्त्रीसहितको टोलीले मास्क, सेनिटाइजर लगायत स्वास्थ्य सामग्री सहित चुमनुब्री गएको मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाले बताउनुभयो ।

टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङ, ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री हरिशरण आचार्य, प्रमुख सचिव डा. दामोदर रेग्मी छन् ।माउन्टेन चाइल्ड संस्थाको सहयोगमा हेलिकोप्टरमार्फत खोप चुमनुब्री पु¥याइएको हो । हेलिकोप्टरले पालिकाका ७ वटै वडाको केन्द्रमा खोप छाड्ने छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार