घरमै बसेर उद्योग दर्ता गर्न सकिने, अनलाइन प्रणालीको विकास गर्दै उद्योग विभाग

काठमाडौं । तपाईं कुनै उद्योग, व्यवसाय दर्ता गर्न चाहनुहुन्छ अथवा वैदेशिक लगानी ल्याउँदै हुनुहुन्छ भने उद्योग विभाग नै धाइरहनुपर्ने झन्झटबाट मुक्त पाइने भएको छ । उद्योग विभागले यसै आर्थिक वर्षभित्र घरमै बसेर उद्योग दर्ता गर्न सकिने व्यवस्थामा लागि अनलाइन प्रणालीको विकास गर्दैछ । जुन प्रणालीले विभागलाई पूर्णतया स्वचालित बनाउने लक्ष्य लिएको छ ।

उद्योग विभागका महानिर्देशक जीवलाल भुसालले घरमै बसेर आवेदन दिने र सर्टिफिकेट पाउने व्यवस्था गर्नका लागि अनलाइन प्रणालीको विकासका लागि टेण्डर भइसकेको बताएका छन् । उद्योगदर्ता गर्न चाहिने कागजात, नागरिकता, स्थानीय निकायको सिफारिस, आयोजना प्रतिवेदनजस्ता कागजातका लागि विभागले विकसित गरेको फरम्याट अर्थात चेक लिस्ट बनेको छ । सो चेकलिस्टबाट जानकारी लिन सकिने विभागले जनाएको छ ।

विदेशी लगानीको स्वीकृति, उद्योग दर्ता जस्ता विषयलाई अटोमेसनमा लैजान खोजेको विभागको भनाइ छ । विभागलाई पूर्णतया अटोमेसन बनाउन कन्ट्याटर प्याटर्न डिजाइन ट्रेडमार्कको काम भइरहेको छ ।

एउटा उद्योग दर्ता गर्न स–साना कागजात नपुग्दा पटक–पटक विभाग धाउनुपर्ने र अनेकौं सास्तीका बीच बल्ल काम हुने गुनासो ग्राहकहरूबाट बढ्दै गएको छ । यसै गुनासो समाधानका लागि अनलाइन प्रणाली विकास गर्न लागिएको हो । विभागमा ६ अर्बभन्दा कम पुँजीका लगानी स्वीकृति हुन्छ ।

स्थिर जेथा दश करोड रुपैयाँभन्दा बढी भएको मझौला तथा ठूला उद्योगहरु र विदेशी लगानी संलग्न सबै किसिमका उद्योगहरु यस विभागको कार्य क्षेत्रभित्र पर्दछन । यसैगरी उद्योग व्यवसायमा हुने विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्वन्धी र औद्योगिक सम्पत्ति संरक्षणसम्बन्धी कार्यहरु पनि यस विभागको कार्य क्षेत्रभित्र पर्दछन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार