चट्याङले नेपाल टेलिकम टावरमा क्षति

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ ,मुदीमा रहेको नेपाल टेलिकमको टावरमा चट्याङले क्षति पु¥याएको छ । दुर्गम क्षेत्रका जनतालाई लक्षित गरी सञ्चालनमा रहेको टावरमा सोमबार राति चट्याङले आइडियु (आरटिएन –९१० ) डिभाइसको फोरजी कोट अवरुद्ध भएको थियो । पोखराबाट आएका इन्जिनियर सागर झाको टोलीले थ्रीजीको कोट मार्फत फोरजी सेवा सुचारु गरिएको छ । इजिनियर झाका अनुसार अवरुद्ध थ्रीजीको सेवा पनि छिट्टै संचालन हुनेछ ।

चट्याङले टावरमा रहेको दुई किलोवाट क्षमताको सोलार इन्भटरमा क्षति पु¥याएको छ । तत्कालका लागि फलियागाउँका श्याम भण्डारीले आफुले प्रयोग गर्दै आइरहेको दुई किलोवाट क्षमताको इन्भटर जडान गरेर सेवा सुचारु गरिएको हो । ‘चट्याङले टावरमा रहेको दुई किलोवाट क्षमताको सोलार इन्भटरमा क्षति पु¥याए पछि फोरजी संगै टेलिफोन सेवा अवरुद्ध भएको भएको थियो ,’ भण्डारीले भन्नुयो ,तत्कालका लागि गाउँपालिका र गाउँपालिका बासीलाई सहज होस् भन्ने उद्धेश्यले मैले प्रयोग गर्दै आइरहेको दुई किलोवाट क्षमताको इन्भटर टावरमा जडान गरेर सेवा सुचारु भएको छ,।’

दुर्गम क्षेत्रका जनतालाई लक्षित गरी सञ्चालनमा रहेको टावरमा चट्याङले संचार सेवा अवरुद्ध हुँदा समस्या भएको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताउनुभयो । तत्कालका लागि फोरजी सेवा सुचारु भएको र अन्य अवरुद्ध सेवा सुचारुको लागि  सम्बन्धित निकायसंग पहल भइरहेकाे अध्यक्ष पुनले जानकारी दिनुभयो । त्यस्तै गाउँपालिका कार्यालयमा समेत संचार माध्यमहरु पूर्ण रुपमा प्रभावित बनेका थिए ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार