चीनले थप १६ लाख खोप नेपाललाई अनुदानमा उपलब्ध गराउने

काठमाडौं । उत्तरी छिमेकी चीनले थप १६ लाख डोज खोप अनुदानमा नेपाललाई दिने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार शुक्रबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुग्नुभएकी चिनियाँ राजदूत होउ यान्छीले थप खोप अनुदानमा दिने बताउनुभएको हो। उहाँले चीन सरकारले नेपाललाई थप खोप दिने निर्णय गरेको जानकारी दिनुभएको हो।

यसअघि चीलेन नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको छ भने नेपालले किनेको ४० लाख डोज खोपमध्ये ८ लाख डोज आइसकेको छ।
केही दिनअघि भएको भर्चुअल पत्रकार सम्मेलनमा राजदूत यान्छीले आगामी दिनमा नेपाललाई थप खोप सहयोग गर्ने बताउनुभएको थियो ।

प्रधानमन्त्री देउवा र राजदूत यान्छीबीच आज भएको भेटमा नेपाल-चीन सम्बन्धका विभिन्न आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। राजदूत यान्छीले कोरोनाविरूद्धको लडाइँमा नेपाललाई आफ्नो मुलुकको सहयोग जारी रहने बताउनुभयो थियो ।

प्रधानमन्त्री देउवाले खोप सहयोगका लागि चीन सरकारलाई धन्यवाद व्यक्त गर्नुभएको थियो। यसअघि मित्र राष्ट्र अमेरिका र भारतका राजदूत प्रधानमन्त्री देउवालाई बधाई दिन उहाँकै निवास बुढानिलकण्ठ पुग्नुभएको थियो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार