चेक बाउन्सको मुद्दामा फरार रहेकी महिला पक्राउ

काठमाडौँ । चेक बाउन्सको मुद्दामा फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले चेक बाउन्सको मुद्दामा १० लाख रुपैयाँ जरिवाना र चार दिन कैद सजाय पाएकी एक महिलालाई पक्राउ गरेको हो।

प्रहरीले काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ३ हात्तिगौडाकी ४५ वर्षीया निता भण्डारीलाई आइतबार पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो।

उनीविरूद्ध उच्च अदालत पाटनले गत बैशाख ६ गते चार दिन कैद र १० लाख जरिवाना सुनाएको थियो।आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी-जानी झुक्याएर चेक काटेर दिएपछि अदालतमा मुद्दा परेको थियो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार