थप २६३४ जनामा कोरोना संक्रमण , १५६५ संक्रमणमुक्त

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ३४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५ सय ३आरटी पिसिआर र ५ हजार ८२ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ६ सय ३४ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ४८ हजार ८५ जनामा र एन्टिजेन विधिबाट ३९ हजार ९ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट १५ जनाले ज्यान गुमाएका छन् । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार २ सय ६३ पुगेको छ । हाल नेपालमा मृत्यु हुने दर १.५ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ सय ६५ जनाले कोरोना जितेका छन् । यो संगै कारोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख १२ हजार ९ सय ९४ रहेको छ ।मन्त्रालयका अनुसार निको हुनेको दर ९४.६ प्रतिशत छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार