थप ३४२१ जनामा कोरोना संक्रमण , २५ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय २१ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ सय ४० आरटी पिसिआर र ५ हजार ३२ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा ३ हजार ४ सय २१ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ८२ हजार ९ सय ४७ जनामा र एन्टिजेन विधिबाट ५५ हजार ९ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट २५ जनाले ज्यान गुमाएका छन् । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ७ सय ३८ पुगेको छ । हाल नेपालमा मृत्यु हुने दर १.५ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६ सय ८६ जनाले कोरोना जितेका छन् । यो संगै कारोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ४५ हजार ३ सय १ रहेको छ ।मन्त्रालयका अनुसार निको हुनेको दर ९४.५ प्रतिशत छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार