पत्रकारलाई एक महिनाभित्र पारिश्रमिक दिने नागरिक दैनिकको बचन, पहिलो किस्ता आजैबाट

काठमाडौं । नेपाल रिपब्लिक मिडियाले कार्यरत् पत्रकारलाई पारिश्रमिक उपलब्ध गराउने बचन दिएको छ । बिहीबार वार्ता हुँदा मिडियाले एक महिनाभित्र सबै पारिश्रमिक दिने प्रतिवद्धता जनाएको हो।

तर, पत्रकारले यो प्रतिवद्धता लिखित रुपमै हुनुपर्ने अडान राखेका छन्। पत्रकार गिरिराज बाँस्कोटाका अनुसार व्यवस्थापनले तीन किस्तामा पारिश्रमिक उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ।

‘पहिलो किस्ता तत्कालै उपलब्ध गराउन थालेको पनि छ,’ बाँस्कोटाले भन्नुभयो, ‘एक महिनाभित्र सबै भुक्तानी गर्ने सहमति छ।’लिखित प्रतिवद्धतापछि मात्रै आन्दोलन के गर्नेबारे निर्णय गरिने उहाँले बताउनुभयो।

उहाँसहित ६ जना पत्रकार बुधबारदेखि कार्यालयमा धर्ना बसिरहेका थिए। पत्रकारको धर्नापछि नेपाल पत्रकार महासंघले चेतावनीयुक्त पत्र रिपब्लिक मिडियामा पठाएको थियो।

धर्नामा अन्य १८ जना पत्रकारको ऐक्यवद्धता थियो। उनीहरूले दुईदेखि तीन वर्षयता पारिश्रमिक नपाएको बताउँदै आएका छन्।बिहीबार प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीसँग पत्रकारहरू वार्तामा बसेका थिए।

प्रधान सम्पादक र मानव संशाधन विभागमा कुराकानी गरे पनि बेवास्ता गरेपछि पत्रकार धर्नामा बसेका थिए।रिपब्लिक मिडियाले आफ्नो नेपाली संस्करण नागरिक र अंग्रेजी संस्करण रिपब्लिका दैनिक प्रकाशन गर्दै आएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार