पहिरोले घर पुरिँदा वृद्ध दम्पतीको मृत्यु

गोरखा । गोरखाको सिरानचोकमा पहिरोले घर पुरिँदा दुई जना वृद्धको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका वडा नम्बर ७ उपल्लो गोहोरका ८६ वर्षीय रमण पाण्डे र ६८ वर्षकी नन्दकुमारी पाण्डे दम्पतीको मृत्यु भएको घटना स्थलमा रहनु भएका वडाध्यक्ष सुरज ढकालले जानकारी दिनुभयो ।

‘घरमा बुढाबुढी मात्र हुनुहुन्थ्यो छोराछोरी सबै बाहिर हुनुहुन्छ,’ वडाध्यक्ष सुरज ढकालले भन्नुभयो, ‘राती कतिबेला पहिरो आएछ केही थाहा भएन । बिहान उहाँको छिमेकीले फोन गर्नु भयो अनि म ६ बजे नै आइपुगेँ ।

हामीले मात्र उद्धार गर्न सकिने अबस्था देखिएन प्रहरीलाई खबर गरेयौं ।’ इलाका प्रहरी कार्यालय जौवारीबाट गएको प्रहरी टोली र स्थानीयले उहाँहरुको शव बाहिर निकालेका छन् ।उक्त वडाका अन्य ठाउँमा पहिरोको जोखिम भएकाहरु अन्यत्र सारिएको वडाध्यक्ष ढकालले जानकारी दिनुभयो । gorkhapatraonline.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार