पाल्पामा पहिरोले पाँच घर पुरिदाँ एकको मृत्यु, एक वेपत्ता

 

पाल्पा । पाल्पाको तिनाउँ गाउँपालिका–५ केराबारी नजिकै गएको पहिरोले हिउँदे खोलमा रहेका पाँच घर पुरिएका छन । घर पुरिंदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

स्थानीय कल्याणी आधारभूत विद्यालय नजिकै रहेको गिट्टीखानी नजिक पहिरो जाँदा वीरबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको हो । पहिरोमा परि स्थानीय पुजा परियारका ८ वर्षीय छोरा आरब परियार बेपत्ता भएका छन् । आज बिहान साढे ३ बजे आएको पहिरोले हरि दर्लामी, पुजा परियार, नरबहादुर राना, वीरबहादुर गुरुङ र बलबहादुर पुनको घर पुरिएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जानकारी दिएको छ ।

पहिरोले घाइते भएकाहरुलाई कल्याणी आधारभूत विद्यालयमा राखेर उपचार भइरहेको छ । विस्थापितहरुलाई पनि त्यही विद्यालयमा राखिएको प्रहरीले जनाएको छ । हिजोदेखिको वर्षाका कारण पहिरो जाँदा पाल्पा–बुटवल सडक खण्डको सिद्धार्थ राजमार्ग समेत अवरुद्ध भएको छ ।nagarikkhabar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार