पूर्वप्रधानमन्त्री खनालको उपचारका लागि ३० लाख निकासा

काठमाडौं । नेकपा (एमाले)का नेता झलनाथ खनालको उपचारका लागि कानुनविपरीत ३० लाख रुपैयाँ निकासा भएको छ । दुवै मिर्गौलामा समस्या देखिएपछि दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गरिरहेका खनालका लागि अर्थमन्त्रालयले ३० लाख रुपैयाँ निकासा दिएको हो ।

निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले खनालको उपचारमा लाग्ने सम्पूर्ण खर्च ब्यहोर्ने निर्याण् गरेको थियो । अर्थ मन्त्रालय उच्च स्रोतका अनुसार दिल्लीस्थित नेपाल दूतावासले परराष्ट्र मन्त्रालयमार्फत खनालको उपचारका लागि करिब ३० लाखको हिसाब पठाएको थियो । एमाले उपमहासचिव विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री रहँदा नै यो रकम निकासा भइसकेको छ । ओली नेतृत्वको सरकारले गरेको उक्त निर्णयको चौतर्फी आलोचना भएको थियो ।

२ असोज २०७५ देखि लागु भएको जनस्वास्थ्य ऐनको दफा ३०मा ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएता पनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोका लागि लाग्ने खर्च नेपाल सरकारले उपलब्ध गराउने छैन’ भन्ने उल्लेख छ । तर, ओली नेतृत्वको सरकारले कानुनविपरीत खनालको उपचारमा लाग्ने सम्पूर्ण खर्च उपलब्ध गराउने निर्णय गरेको थियो ।

प्रधानमन्त्री शेर बहादुर देउवाले समेत खनालको उपचार खर्च सरकारले ब्यहोर्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’की पत्नी सीता दाहाललाई भेट्न जाँदा देउवाले पूर्वप्रधानमन्त्री खनाललाई टेलिफोनमा कुराकानी गरेर उपचारमा सरकारले सहयोग गर्ने बताएका थिए । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार