बागलुङमा बाख्रा चराउन गएका व्यक्तिको भीरबाट लडेर मृत्यु

बागलुङ । बागलुङमा बाख्रा चराउन जंगल गएका एक व्यक्तिको भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका वडा नं.७ जैदीका ५३ वर्षीय रेशम थापा मगरको भीरबाट लडेर मृत्यु भएको जैदीबाट देवेन्द्र राना बताउनुभयो ।

चोखेकदेखि बोरतर्फ जाने बाटोबाट खसेर थापाको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । थापाका ३ भाई छोरा र एक छोरी रहेका छन् । छोराहरु प्रवाशमा रहेको बताईएको छ ।

घटना शनिबार दिउँसो करिब २ बजेको समयमा भएको हो । थापा भीरबाट करिब ५ सय मिटर तल खसेको स्थानीय सागर गिरीले जानकारी दिनुभयो । थापाको टाउकोमा गहिरो चोट लागेको थियो । dhorpatannewsबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार