बाढी–पहिरोले मुदीको पनेरबोटमा सात घर उच्च जोखिममा 

बेनी । म्याग्दीको धवलागिरी–४ ,मुदी स्थित पनेरबोटमा ठाडो खोल्सामा आएको बाढीको कटान र बस्ती तलको पहिरोको कारण सात घर उच्च जोखिममा परेका छन् । मगलबार मध्यरातमा परेको अविरल बर्षाका कारण बस्ती माथिबाट खोल्सामा आएको बाढी र बस्ती तल गएको पहिरोले सात घर उच्च जोखिममा रहेका पीडित उजिर घर्ति मगरले जानकारी दिनुभयो । केही घरमा बाढीले क्षती पु¥याएको छ ।

उहाँका अनुसार घर्ती मगर सहित नरप्रसाद घर्ति ,खकबहादुर घर्ति ,तमबहादुुर घर्ति ,समु घर्ति ,सन्तोक घर्ति र श्याम घर्ति मगरको घर उच्च जोखिममा रहेका छन् । पहिरो जाने क्रम नरोकिएको भन्दै आफुहरुलाई सुरक्षित स्थानमा सार्न पीडित परिवारले अपिल गरेका छन् । ‘बस्ती माथिबाट खोल्सामा आएको बाढी र बस्ती तलबाट गएको पहिरो कटान रोकिएको छैन् ,कुनबेला घर बगाउँछ ठेगान छैन् ,’–पीडित उजिरले दुखेसो पोख्नुभयो । सोही पहिरोको कारण विद्युतको पोलमा समेत क्षती पुगेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार