बेनी–दरबाङ सडक अवरुद्ध

बेन । म्याग्दीको बेनी–दरबाङ सडक अवरुद्ध भएको छ । जिल्लाको मंगला गाउँपालिका–२, लाम्पाटामा गएको पहिरोले सडक बेनी–दरबाङ सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

सडक अवरुद्ध हुँँदा जिल्लाको सदरमुकाम बेनीदेखि मालिका,मंगला र धवलागिरी जोड्ने सिधा यातायात अवरुद्ध बनेको छ । अवरुद्ध सडक खुलाउन प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी विरेन्द्रराज गुरुङले बताउनुभयो । पहिरोका कारण बस्ती समेत जोखिममा परेका छन् ।

तस्बिर : राजकुमार लामाको फेसबुकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार